निर्वाचन पर्यवेक्षणलाई हलुका र रहरका रुपमा नलिन प्रमुख निर्वाचन आयुक्तको आग्रह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 09, 2017 | 03:13:54 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले  निर्वाचन पर्यवेक्षणलाई हलुका र रहरको रूपमा नलिई स्वतन्त्र र निष्पक्ष भएर पर्यवेक्षण गर्न पर्यवेक्षकहरूलाई आग्रह गरेका छन् । निर्वाचन आयोगमा आज आयोजित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण लागि आयोगबाट अनुमति प्राप्त गरेका राष्ट्रिय संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरूसँगको अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त डा. यादवले निर्वाचनको पर्यवेक्षण गर्दा नजिकका स्थान र सहरी क्षेत्रमा मात्र नभई दुर्गम स्थानमा समेत गएर पर्यवेक्षण गर्न सुझाव दिए  । उनले निर्वाचन पर्यवेक्षण गर्ने कार्य निकै गम्भीर कार्य भएकाले विशेष योग्यता र दक्षताका साथ पर्यवेक्षण गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा माननीय निर्वाचन आयुक्त नरेन्द्र दाहालले स्वदेशी तथा विदेशी  पर्यवेक्षकले स्वतन्त्र र निष्पक्ष भएर गरिने पर्यवेक्षणबाट उम्मेदवार, मतदाता तथा सरोकारबालाहरू सर्तक हुने भएकाले निर्वाचनलाई सफल तुल्याउन र निर्वाचनको गरिमा बढाउन सहयोग पुग्ने बताए । उनले निर्वाचनको पर्यवेक्षणका लागि स्वदेशी पर्यवेक्षकका साथसाथै ४ सयभन्दा बढी विदेशी पर्यवेक्षकहरू समेत सहभागी हुने जानकारी दिए   ।

निर्वाचन आयोगका सहसचिव दीपक सुवेदीले निर्वाचन पर्यवेक्षण कार्यमा एकरुपता र एउटै बुझाई होस् भनेर अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा माननीय निर्वाचन आयुक्तहरू इला शर्मा, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल उपस्थित थिए । कार्यक्रममा आगामी निर्वाचनको पर्यवेक्षण लागि आयोगबाट अनुमति प्राप्त गरेका विभिन्न २५  संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved