चौधरीलाई कांग्रेसले दियो महत्त्वपूर्ण जिम्मेवारी, ‘आर्थिक समृद्धि र विकास समन्वय उपसमिति’को संयोजक चयन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 09, 2017 | 05:19:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसले निर्वाचन प्रयोजनका लागि गठित 'आर्थिक समृद्धि र विकास समन्वय उपसमिति'को संयोजकमा उद्योगी बिनोद चौधरीलाई मनोनयन गरेको छ। कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलकाअनुसार आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सन्दर्भमा उक्त समिति गठन गरिएको उल्लेख छ ।

केन्द्रिय सदस्य बालकृष्ण खाँण संयोजक रहेको निर्वाचन परिचालन समिति अन्तर्गत यो उपसमिति गठन भएको हो। चौधरी निर्वाचन परिचालन समिति सदस्य समेत हुन।

उद्योगपति चौधरी केहीसमय अघि कांग्रेस प्रवेश गरेका थिए भने उनी समानुपातिक सूचीमा समेत छन्। २०६४ सालको संविधान सभा निर्वाचनमा एमालेबाट समानुपातिक कोटाबाट सभासद बनेका चौधरी केहि समयअघि मात्र कांग्रेसमा प्रवेश गरेका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक बिकासको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्दै उद्योगी बिनोद चौधरीलाई पार्टी प्रवेश गराएका हुन । २०६४ सालको संविधानसभामा नेकपा एमालेको तर्फबाट सभासद बनेका चौधरी बीचमा राजनीतिक गतिबिधिबाट टाढा रहेपनि सक्रिय रुपमा लाग्ने उदेश्य सहित पुन: राजनीतिमा प्रवेश गरेका हुन।    





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved