जेसिबीको आधिकारिक सेवा केन्द्र चरिकोटमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 09, 2017 | 06:48:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागि जेसिबी अर्थ मुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले दोलखाको चरिकोटमा आधिकारिक सेवा केन्द्र संचालनमा ल्याएको छ।

यो सेवा केन्द्रबाट जेसिबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन्। दोलखा, रामेछाप र सिन्धुली लगायतका क्षेत्रमा जेसिबी मेसिनको उपस्थिति बाक्लो हुन थालेपछि ग्राहकको सुविधालाई ध्यानमा राखेर सेवा केन्द्र सुरु गरिएको हो।

नयाँ सेवा केन्द्रको उद्घाटन निर्माण व्यवसायी संघ, दोलखाका अध्यक्ष रामेश्वर उप्रेती र उद्योग वाणिज्य संघ, दोलखाकाका सदस्य हेमराज रिमालले संयुक्त रुपमा गरेका थिए।

एमएडब्लु अर्थमुभर्सले बनेपा, गल्छी र लहानमा पनि सेवा केन्द्र स्थापना गरिसकेको छ। हाल जेसिबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ। इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय रहेको कम्पनीको दावी छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved