नेपालका पाँच होलट तथा रिसाेर्ट साउथ एसियन ट्राभल्स अवार्डबाट सम्मानित भएका छन। पोखराको सांग्रिला रिर्सोट, चितवनको बाराही जंगल लज, काठमाडौंका सांग्रिला होटल, होटल अन्नपुर्ण र होटल मुलबेरी यस अवार्डबाट सम्मानित भएका हुन।
पोखराको साग्रिला रिर्सोटले डिलक्स रिसोर्ट एण्ड स्पा विधामा अवार्ड जितेको रिर्सोटका आवासीय प्रबन्धक उमेश थापामगरले जानकारी दिए । छुट्टाछुटै विधामा नेपालका होटल तथा रिर्सोटले अवार्ड जितेको उनले बताए। होटल तथा रिसोर्टको सेवा र सुविधालाई हेरेर अनलाइन मार्फट भोटिङका आधारमा अवार्ड प्राप्त गरेका हुन्।
अवार्डले विदेशमा नेपालका होटलका प्रचारप्रसार र सेवा सुविधाका बारेमा जानकारी दिन सजिलो हुने बताए थापमगरको भनाइ छ। नेपालका होटल तथा रिसोर्टले यस प्रकारको अवार्ड पहिलोपटक पाएको उनको दाबि छ। उक्त अवार्डको बारेमा सांग्रिला रिर्सोट पोखराले पोखरामा कार्यक्रम गरि जानकारी दिइएको हो।
पोखराको साग्रिला रिर्सोटमा ६१ वटा कोठाहरु छन् । ३० रोपनीमा फैलिएको रिसोर्ट सन् १९९६ बाट सुरु भएको हो ।