त्रिपुरेश्वरमा आगलागी हुँदा एकको मृत्यु, दुई घाइते, चुरोट बन्यो दूर्घटनाको कारण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 09, 2017 | 09:57:06 PM मा प्रकाशित

laxmi  sunrise bank

चुरोट सल्काउने क्रममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। त्रिपुरेश्वरस्थित जयन्ती आयल स्टोरसँगै जोडिएको वर्कसपमा आगलागी हुँदा बाराका २५ वर्षीय मुलायन मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ। 

कात्तिक २३ गते बिहिबार साँझ करिब ६ बजेतिर आयल स्टोरसँगैको आलम मेकानिकल वर्कसपमा भएको आगलागीमा परी मियाँको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए।

त्यस्तै घटनामा परि घाइते भएका अन्य दुई जनालाई वीर अस्पतालमा उपचारका लागि लगिएको छ । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

त्यहाँ एक व्यक्तिले चुरोट सल्काउने क्रममा आगोलागी भएको प्रत्यक्षदर्शीको भनाई छ। उनका अनुसार आत्तिएर ग्यारेजको सटर बन्द गरिंदा भित्र थुनिन गई मियाँको मृत्यु भएको हो। यद्दपी यससम्बन्धमा प्रहरीबाट आधिकारिक भनाई आउन बाँकी नै छ। 

आगलागीबाट जयन्ती पेट्रोल पम्पको स्टोरमा समेत क्षति भएको छ। समयमै दमकल पुग्न सकेकाले आगो नियन्त्रणमा आएका कारण ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। 

काठमाडौँ र ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दमकल र अग्नि नियन्त्रक टोलीले आगो नियन्त्रण लिएको थियो। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved