दैलेख माइक्रोबस दुर्घटना अपडेट: ८ जना घाइते, मृतक ३ जनाको सनाखत

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 11, 2017 | 07:45:48 AM मा प्रकाशित

laxmi  sunrise bank

सुर्खेतबाट दैलेख जाँदै गरेको माइक्रोबस दुर्घटना भएको छ। दैलेखको गुराँस गाउँपालिकाको सियाकोट ४ मा बा ४ ख ५०१० नम्बरको माइक्रोबस  दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु र ८ जना घाइते भएको जनाइएको छ। 

माइक्रोबस शुक्रबार राती दैलेखको गुराँस गाउँपालिका–४ सियाकोटमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–६ लाटीकोइलीका पारस तिवारी, नौमुले गाउँपालिका–५ का रत्नबहादुर सिजाली र जसी राना रहेको प्रहरीले जनाएको छ। 

त्यस्तै दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन् । घाईते हुनेहरुमा पाटाभार बर्दियाका परशुराम चौधरी, विनोद चौधरी, नरेश थारु र धर्म थारु, दुल्लु नगरपालिका दैलेखका सुरेश देवकोटा र विमलबहादुर थापा तथा नारायण नगरपालिकाकी हेमा खड्का रहेका छन।

घाईतेहरुको सुर्खेत देउती नर्सिङ होममा उपचार भइरहेको छ । तीव्र गतिका कारण अनियन्त्रित भएर माइक्रोबस दुर्घटनामा परेको स्थानीयले बताएका छन। 


 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved