FLASHNEWS: बिप्लब कार्यकर्तासँग सुरक्षाकर्मीको दोहोरो फायरिङ, बर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 11, 2017 | 10:09:40 AM मा प्रकाशित

laxmi  sunrise bank

रुकुममा बिना विभागीय मन्त्री जनार्दन शर्मालाई लक्षित गरेर बम प्रहार गरेको भोलीपल्ट माओबादी नेता वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट गराईएको छ ।  रोल्पा जिल्लाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा नेता पुन चढेको गाडीमा विप्लवमा कार्यकर्ताले बाटोमा ओछ्याएको माइन विस्फोट भएको हो । 

 विस्फोट लगत्तै  विप्लवका कार्याकर्ताले वाम गठबन्धनका उम्मेवारलाई लक्षित गरी फायरिङ गरेका थिए भने स्कटिङमा खटिएका सुरक्षाकर्मीले जवाफी फायरिंगपछि उनीहरु भागेका छन् ।

विस्फोटका कारण गाडीमा समान्य क्षति पुगेको छ । गाडीमा रहेका सबैजना सकुशल रहेका छन्  ।

गाडीमा माओवादीकी समानुपातिक उम्क्मदेवार जयपुरी घर्ती , मालेका पोलिटब्यूरो सदस्य गोकुल घर्ती र एमालेबाट प्रदेशसभाका समानुपाति उम्मेदवार ईश्वर घर्ती, माओवादी तर्फका समानुपातिक उम्मदेवार दीपेन्द्र पुन सिजल लगायत थिए  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved