बालाजुमा डरलाग्दो दुर्घटना: बाइकलाई ठक्कर दिदै सडक भन्दा २० मिटर पर उछिट्टियो कार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 11, 2017 | 11:07:40 AM मा प्रकाशित

laxmi  sunrise bank

शनिवार दिउँसो बालाजुको नयाँ बजारमा डर लाग्दो दुर्घटना भएको छ । सडकमा गुडिरहेको बा ११ च ३७३८ नम्बरको कार उछिट्टिएर  सडकबाट झन्डै २० मिटर पर पुगेको छ । कार होटेल अगाडीको एक पोलमा ठोक्किएर अडिएको छ  । पोल नभएको भए कार होटेलभित्र छिर्न सक्ने र धनजनको क्षति हुन् सक्ने थियो  ।

उछिट्टिने क्रममा कारले बा ३४ प ३६६७ को बाइकलाई समेत ठक्कर दिएको छ । ब्रेक फेल भएर दुर्घटना भएको कारका चालक बिश्व शेरचनले बताएका छन। 'अचानक कार नियन्त्रण बाहिर गयो, त्यसपछि पोलमा ठोक्कर अड्कियो, दशौँ बर्षदेखि ड्राइभ गरिरहेको छु तर जीवनमा यस्तो घटना पहिलोपटक घट्न पुग्यो' कास्की पोखराका शेरचनले बिजपाटिलाई बताए  ।

पोल भन्दा २० मिटर वरदेखि नै कार नियन्त्रण भन्दा बाहिर गएको प्रत्यक्षदर्शीले बताए  । कारको ठक्करबाट साइडमा पार्क गरि राखिएको बाइकमा सामान्य क्षति भएको छ। 'बाइकमा सामान्य क्षति भएको छ, कार चालकले क्षतिपूर्ति बेहोर्छु भन्नु भएको छ' बाइकधनी राजेन्द्र श्रेष्ठले बताए  । 

शनिबारको दिन भएकाले पनि सडक पेटीमा हिड्नेको संख्या कम हुने भएकाले भाग्यबस कुनै मानबिय क्षति नभएको खुसि ब्यक्त गर्दै कार चालक शेरचनले भने, 'दुर्घटना आफैमा राम्रो कुरा त होइन, तर यति भयानक दुर्घटना हुँदा कसैलाई केहि नहुनुले भने खुसि मिलेको छ।'

दुर्घटनाबाट कार र बाइकलाई क्षति पुगेको छ भने चालक सहित कारमा सवार अन्य व्यक्तिहरु सकुशल छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved