बिद्यालय मै भोज भतेर र सभा गरेपछि आयोगद्वारा पर्यटनमन्त्री देवसहित ३ जनासँग स्पष्टीकरण माग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 11, 2017 | 02:12:43 PM मा प्रकाशित

laxmi  sunrise bank

बिद्यालय मै निर्वाचन लक्षित भोज भतेर र सभा गरेपछि निर्वाचन आयोगले पर्यटनमन्त्री जितेन्द्र देवसहित ३ जनासँग स्पष्टीकरण माग गरेको छ  । 

आयोगले राष्ट्रिय दैनिकमा प्रकाशित समाचारलाई आधार बनाएर उनीहरुसंग २४ घन्टे स्पष्टीकरण माग गरेको हो  । आयोगले मन्त्री देव सहित  नेपाली काँग्रेस, सप्तरीका सभापति दिनेश यादव र सप्तरीको जनता मा.वि. का प्रधानाध्यापक सुर्य नारायण यादव संग स्पष्टीकरण माग गरेको हो  । 

 निर्वाचन आयोगले  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले सरकारी सवारी साधनको दुरूपयोग गरी सप्तरीस्थित सार्वजनिक विद्यालय परिसरमा आयोजना गरिएको नेपाली काँग्रेसको चुनावी सभामा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता विपरित भएकाले तपाइँलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेवापत किन कारवाही नहुनु पर्ने हो भनी मन्त्री देवसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ । मिति २०७४।०७।२५ गते एक दैनिक पत्रिकामा प्रकाशित ‘विद्यालयमै सभा र मन्त्रीकै उपस्थितिमा आचारसंहिता विपरित सभा’ भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा सरकारी सवारी साधनको दुरूपयोग गरी सार्वजनिक विद्यालय परिसरमा आयोजना गरिएको नेपाली काँग्रेसको चुनावी सभामा प्रमुख अतिथिको रूपमा सहभागी भई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेवापत तपाइँलाई कारवाही किन नहुनु पर्ने हो ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न मन्त्री देवलाई निर्देशन दिएको हो ।

यस्तै आयोगले नेपाली काँग्रेस, सप्तरीका सभापति एवं नेपाली काँग्रेसका तर्फबाट सप्तरी जिल्लाको क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिनेशकुमार यादवलाई सार्वजनिक विद्यालय परिसरमा चुनावी सभा तथा भोजभतेरको आयोजना गरिएको कार्य निर्वाचन आचारसंहिता विपरित भएकाले तपाइँलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेवापत किन कारवाही नहुनु पर्ने हो भनी सभापति यादवसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ । मिति २०७४।०७।२५ गते एक दैनिक पत्रिकामा प्रकाशित ‘‘विद्यालयमै सभा, कक्षा कोठा बने भान्छा कोठा’ भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा सार्वजनिक विद्यालय परिसरमा चुनावी सभा तथा भोज भतेर आयोजना गरिएको कार्य निर्वाचन आचारसंहिता विपरित भएको देखिंदा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेवापत तपाइँलाई कारवाही किन नहुनु पर्ने हो ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न सभापति यादवलाई निर्देशन दिएको हो ।

साथै  मिति २०७४।०७।२५ गते एक दैनिक पत्रिकामा प्रकाशित ‘‘विद्यालयमै सभा, कक्षा कोठा बने भान्छा कोठा’ भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगले सप्तरीको खुरहुरियास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यनारायण यादवलाई सार्वजनिक विद्यालय परिसरमा चुनावी सभा तथा भोजभतेरको आयोजना गरिएको कार्य निर्वाचन आचारसंहिता विपरित देखिएकाले तपाइँलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेवापत किन कारवाही नहुनु पर्ने हो भनी प्रधानाध्यापक यादवसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved