हुन्डाईको पुराना गाडीसँग नयाँ साट्न पाइने, एक हप्तासम्म 'मेगा एक्स्चेन्ज' अफर (भिडियो)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 11, 2017 | 06:22:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले एक साता लामो एक्सचेन्ज अफर ल्याएको छ। कात्तिक २६ गते आईतबारदेखि मङ्गसिर २ गते शनिबारसम्म सबै स्वरूम मार्फत १० बजेदेखि ६ बजेसम्म हुन्डाईका पुराना गाडीसँग नयाँ साट्न पाइने कम्पनीले जनाएको छ।

कम्पनीले दिएको जानकारी अनुसार सबै मोडलहरुमा लागू हुने गरि राष्ट्रब्यापी रुपमा यो अवसर प्रदान गरिएको हो। ग्राहकलाई आफ्ना सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर आएको भन्दै कम्पनीले लाभ लिन आग्रह गरेको छ। 

त्यस्तै ग्राहकसामु ६ लाख २० हजारसम्मको लाभ लिन मिल्ने योजना अन्तर्गत कम्पनीले विभिन्न उपहार, नगद छुट, स्पट फाइनान्स, बिमा, ४ वर्ष फ्रि सर्भिस, ३ वर्षको वारेन्टी, २० हजार सम्मको लोयल्टी बोनस, एक लाखसम्मको एक्सचेन्ज बोनस हरेक गाडीको बिक्रीसँगै प्रदान गर्ने जनाएको छ।

सो एक्सचेन्ज ककार्यक्रमबारे जानकारी दिँदै लक्ष्मी इन्टरकन्टिनेन्टलका सेल्स एण्ड मार्केटिङ डिजिएम रुपेष शर्मा भट्टले उत्कृष्ट सुविधा प्रदान गर्न हुन्डाई सधै तल्लीन रहने बताए।

हुन्डाइको कार किन्दै हुनुहुन्छ, यस्तो छ पछिल्लो अफर ( मुल्य सुची सहित)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved