कैलाली दुर्घटना अपडेट: ३ जनाको मृत्यु, घाइते ३२ मध्ये ५ जनाको अवस्था गम्भीर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 12, 2017 | 08:45:27 AM मा प्रकाशित

laxmi  sunrise bank

कैलालीमा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।  बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान दुर्घटना भएको हो  । 

अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना७ख २७२३ नम्बरको बस सडकबाट करिब ६० मिटर तल खसेको अस्थायी ट्राफिक प्रहरी पोष्ट फल्टुडेका ट्राफिक प्रहरी हवलदार वीरसिंह धामीले जानकारी दिए ।

प्रहरीका अनुसार,  मृतक ३ जनामध्ये शिवनाथ नगरपालिका, बैतडीकी ६४ वर्षीय भुन्टीदेवी चन्दको मात्रै पहिचान खुलेको छ । मृतक तीनै जना महिला हुन् । दुर्घटनाका घाइते ३२ मध्ये ५ जनाको अवस्था गम्भीर छ  । प्रहरीका अनुसार, गम्भीर घाइते २ जनालाई थप उपचारका लागि भारतको हलद्वानी लगिएको छ भने बाँकीको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।

अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना७ख २७२३ नम्बरको बस सडकबाट करिब ६० मिटर तल खसेको अस्थायी ट्राफिक प्रहरी पोष्ट फल्टुडेका ट्राफिक प्रहरी हवलदार वीरसिंह धामीले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved