नेता बर्षमान पुन माथि फेरी आक्रमणको प्रयास, अज्ञात समूहले चलायो गोली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 12, 2017 | 03:01:16 PM मा प्रकाशित

laxmi  sunrise bank

माओवादीका नेता वर्षमान पुनलाई लक्षित गर्दै फेरी पनि आक्रमणको प्रयास भएको छ । चुनावी प्रचार अभियानका क्रममा रोल्पाको इरिबाङ गाउँ पुगेका वाम गठबन्धनका तर्फबाट रोल्पाबाट प्रतिनिधिसभाका उम्मेदवार एवं पूर्वअर्थमन्त्री वर्षमान पुनमगरको टोलीमाथि लक्षित गर्दै आइतबार अज्ञात समुहले गोली चलाएको हो ।

  चुनावी कार्यक्रममा सहभागि हुन राङसेबाट इरिवाङ जाँदै गरेका पुनमाथि अज्ञान समूहले दुइखोली खोला नजिक  गोली चलाएको बताईएको छ । त्यसको जवाफमा उनको सुरक्षामा खटिएका प्रहरीले ८ राउन्ड गोली चलाएका थिए। घटना पछि नेता पुन सुरक्षित रहेको प्रहरीले जनाएको छ । 

इरिवाङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दको गाउँ भएकाले विप्लब समूहले नै  गोली चलाएको अनुमान गरिएको छ ।

 पुनको सोमबार थवाङमा कार्यक्रम रहेको छ भने नेकपाले रोल्पा बन्दको आव्हान गरेको छ। 

यस अघि हिजो शनिवार पनि पुनलाई लक्षित गर्दै माइन बिस्फोट गराईएको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved