चिनियाँ कम्पनीसंग गरिएको बुढी गण्डकी जलविद्युत आयोजनाको निर्माण सम्झौता खारेज

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 13, 2017 | 09:15:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बुढी गण्डकी जलविद्युत आयोजनाको निर्माण सम्बन्धी सम्झौता खारेज गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनीसंग भएको निर्माण सम्झौता खारेज गरेको हो । प्रचण्ड प्रधानमन्त्री र जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा सो जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी ‘चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड’ (सीजीजीसी) लाई दिइएको थियो ।

संसदीय समितिहरुको निर्देशन बमोजिम मन्त्रिपरिषदको बैठकले बुढी गण्डकी निर्माणसम्बन्धी यसअघिको सम्झौता खारेज गरेको उपप्रधानमन्त्री कमल थापाले जानकारी दिएका छन् ।

बिना प्रतिस्पर्धा एकलौटी रुपमा सम्झौता चिनियाँ कम्पनीलाई दिईएको भन्दै आलोचना हुदै आएको थियो  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved