मुख्यमन्त्रीका दाबेदार एमाले नेता तथा पुर्व मन्त्री राई चढेको गाडीमा बम प्रहार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 14, 2017 | 09:17:51 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वमन्त्री तथा नेकपा एमालेका प्रदेश सभाका उम्मेदवार शेरधन राई सवार गाडीमा बम प्रहार भएको छ । गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै उम्मेद्वार राइ चढेको गाडीमा बम हानिएको हो ।

बम प्रहारबाट गाडीको अगाडिको भागमा क्षति पुगेको र नेता राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटा घाइते भएका छन् । उनको हातमा चोट लागेको छ । नेता राई भने सुरक्षित छन् ।  भोज क्षेत्र नम्बर २ का उम्मेदवार राई मुख्य मन्त्रीको दाबेदार समेत हुन् । 

मंगलबार बिहान १० बजे भोजपुर सदरमुकामदेखि टेम्के मैयुँ गाउँपालिकाको कोटतर्फ चुनावी सभामा जाँदै गर्दा टेम्के मैयु गाउँपालिका–६ गुम्वामा राई सवार बा १५ च ५६०८ नम्वरको वनटेन गाडीमा बम प्रहार भएको हो ।आक्रमणमा विप्लव नेतृत्वको नेकपा माओवादी कार्यकर्ताको संलग्नता रहेको प्ररम्भिक अनुमान गरेको प्रहरीले राईलाई कस्ले अनि किन बम प्रहार गर्यो भन्ने बारे खोजी भइरहेको जनाएको छ ।

यसअघि रोल्पामा माओवादी नेता वर्षमान पुन र रुकुममा जनार्दन शर्मालाई लक्षित गरी बम आक्रमण भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved