यी हुन् गौचनको हत्यामा संलग्न ५ अभियुक्त, मुख्य योजनाकार अझै फरार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 14, 2017 | 02:09:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न अभियुक्तहरुलाई पक्राउ गरी सार्बजनिक गरेको छ । 

  गत २३ असोजमा  दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहले उनको गोली हानी हत्या गरेको थियो  ।  गाडीमा रहेका बेला गौचन माथि गोली प्रहार भएको थियो  ।  गाडीको शिशा छेडेर गौचनको पेटमा गोली लागेको थियो । 

प्रहरीले आज मंगलबार पुलिस क्लबमा राजिव स्याङताङ, सिबजि महतो, मुकेश कुमार पाण्डे, सन्तोष गुरुङ र  प्रकाश बुढाथोकीलार्इ सार्बजनिक गरेको हो । स्याङतान मुख्य सुटर रहेको र  अन्य भने सहयोगी रहेको प्रहरीले बताएको छ । 

प्रहरीले गौचन हत्याका मुख्य योजनाकार काठमाडौं बाफलका गुण्डानाइके समीरमान बस्नेत रहेको बताएको छ । बस्नेत र उनका सहकर्मी अर्का गुण्डानाइके मनोज पुन पनि फरार रहेका छन् । यी २ सहित अन्य ६ जना फरार रहेकाे प्रहरीले जनाएकाे छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved