५ वर्षसम्म सवारी आयात बन्द गर्न व्यवसायीको माग, राजश्वको नयाँ बिकल्प के होला ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 14, 2017 | 05:01:53 PM मा प्रकाशित

laxmi  sunrise bank

यातायात व्यवसायीहरुले पाँच वर्षसम्म सवारी साधन आयात बन्द गर्न माग गरेका छन्। यातायात साधन बिस्थापित पछि नयाँ स्थापित गर्ने सोचले ५ बर्षसम्म सवारी साधन आयात रोक्न माग गरिएको व्यवसायीहरुको भनाई छ। 

हरेक बर्ष हजारौं सवारी साधन भित्रिएको तर त्यहि अनुसार सडक विकास तथा बिस्तार नभएकाले यस्तो माग अघि सारिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष भरत तिमल्सिनाले बताए। 

'व्यवसायीहरु यातायातका साधन विस्थापित पछि नयाँ स्थापित गर्ने सोचमा रहेकाले ५ वर्षसम्म सवारी साधन आयात रोक्न माग गरेका हौँ’ उपाध्यक्ष तिमिल्सेनाले भने, 'यस सम्बन्धमा पटक पटक आवाज उठाउँदा पनि माग सुनुवाई भएको छैन।'

यातायात व्यवस्था विभाग कर्मचारी माफियाहरुको चंगुलमा फसेकाले आफुहरुको माग नसुनिएको उनको आरोप छ। सवारी साधन आयात ठप्प पार्दा राजश्वमा असर पर्ने भए पनि राजस्वमा दख्खल नपर्ने विकल्पमा आफूहरु छलफल गर्न तयार रहेको उनको भनाई छ।   'सवारी आयात बन्द राजश्व संकलनको बिकल्पमा छलफल गर्न हामि तयार छौं' उनले भने।    

उपत्यका मात्रै सडकको लम्बाइ १३ सय १९ किमी अर्थात ५२ लाख २८ हजार ३२० फिट छ। उपत्यकामा चल्ने ९ लाख सवारी साधनले ६५ लाख ९७ हजार २५३ फिट बढी सडक ओगट्छ।

यातायात व्यवस्था बिभागका अनुसार २०६९/७० मा साना, ठूला र मोटरसाइकल गरी नेपालमा २ लाख ८ हजार ४ सय ८३ सवारीसाधन भित्रिए। त्यस्तै ७०-७१ मा १ लाख ९८ हजार ३ सय ४३, ७१-७२ मा २ लाख ३९ हजार ५ सय ८३, ७२-७३ मा ३ लाख ४३ हजार ७ सय ६५ र ७३-७४ मा ४ लाख ४४ हजार २ सय ५९ वटा सवारी साधन नेपाल भित्रिएका छन। 

यसरी सवारी आयातको संख्या बर्षेनी उल्लेख बढेको तर त्यहि अनुसार सडक बिस्तार हुन नसकेकाले केहि बर्षका लागि अर्थात् कम्तिमा पनि  ५ बर्षका लागि सवारी आयात रोक्नु पर्ने माग अघि सारिएको व्यवसायीहरुले बताएका छन। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved