लोकसेवा आयोगले स्थायी जागिरका लागि ठुलो संख्यामा अधिकृतको पदका लागि दरखास्त आब्हान गरेको छ। राजपत्रांकित तृतीय (प्राविधिक अधिकृत) का साथसाथै स्वास्थ्य सेवा तर्फका सातौं र आठौं तहका लागि ती अधिकृतहरुको माग गरिएको गोरखापत्र दैनिकमा उल्लेख छ।
आयोगले सिभिल इन्जिनियर, कम्प्युटर इन्जिनियरका साथसाथै स्वास्थ्य शिक्षा अधिकृतका लागि ती दरखास्त आब्हान गरेको हो। विज्ञापन निस्केको २१ दिनभित्र दरखास्त फाराम भर्नुपर्नेछ । साथै लोकसेवाले कार्यक्षमता मूल्यांकन तथा ज्येष्ठताका लागि बढुुवा फारम भर्न समेत विज्ञापन गरेको छ ।