'फुल एक्सन' मा संचार मन्त्रालय,सुबिसु लगायतका संस्थाबाट वितरित एनालग च्यानल बन्द

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 15, 2017 | 12:32:13 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तत: सूचना तथा संचार मन्त्रालयले आफ्नो निर्णय कार्यन्वयन गर्न 'एक्सन' मा उत्रिएको छ। डिजिटल सिग्नलमा नगएको भन्दै सुबिसु, स्पेश टाइम, स्काई, टिभी लिंक लगायत संस्थाबाट वितरित एनालग सिग्नल बन्द गरिएको मन्त्रालयले जनाएको छ। 

'मन्त्रालयको दुई टोलि काठमाण्डौ महानगरपालिकाको केवल सेवा प्रदायक संस्थाको अनुगमन गरेको हो' सूचना तथा सञ्चार मन्त्रालयकी उपसचिव विष्णुकुमारी भट्टराई भनिन, 'मन्त्रालयले दिएको म्यादसम्म पनि डिजिटलमा सिग्नलमा नजाने केवल सेवा प्रदायक संस्थाबाट वितरित एनालग सिग्नल बन्द गरिएको छ।'

मन्त्रालयका अनुसार आज कात्तिक २९ गतेका दिन सुबिसु, स्पेश टाइम, स्काई, टिभी लिंक लगायत संस्थाबाट वितरित एनालग सिग्नल बन्द गरिएको छ। अन्य संस्थाबाट वितरित एनालग सिग्नल समेत बन्द गराइने मन्त्रालयले जनाएको छ। तर डिजिटल सिग्नल भने यथावत छ।

मन्त्रालयले कात्तिक २७ देखि एनालग टेलिभिजन बन्द गरिएको सूचना जारि गरेको थियो। बैशाख १५, २०७४ मा सूचना जारि गरेर नै मन्त्रालयले कात्तिक १५ देखि देशका महानगर, उपमहानगर र नगरपालिकामा एनालग पूर्ण रुपमा बन्द गरि डिजिटल प्रविधिमा जाने निर्णय भएपनि कात्तिक २८ सम्म म्याद दिएको थियो

 एनालग टिभी बन्द गर्ने सरकारको योजनामा व्यवसायीको ठाडो चुनौती, निर्णय कार्यन्वयन कति सम्भव ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved