चन्द्रागिरि हिल्स 'सर्टिफिकेट्स अफ मेरिट अवार्ड २०१७’ बाट सम्मानित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 15, 2017 | 03:17:15 PM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरि हिल्स लिमिटेड 'सर्टिफिकेट्स अफ मेरिट अवार्ड २०१७’ बाट सम्मानित भएको छ ।  स्थापनाको छोटो समयमै चन्द्रागिरि हिल्स लिमिटेडले अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्य गर्दै आएकोले यस्तो सम्मानले सम्मानित भएको हो। 

अमेरिकाको क्यालिफोर्निया स्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोस्र्ट एण्ड सुलिभान रसिएनआईले आयोजना गरेको कार्यक्रममा चन्द्रागिरिको तर्फबाट संस्थापक अध्यक्ष एव संचालक हेमराज ढकालले उक्त सम्मान ग्रहण गरेका हुन। चन्द्रागिरिलाई सोहि संस्थाले गतवर्ष पनि  बेष्ट डेसटिनेशन अवार्ड–२०१६’ ले सम्मानित गरेको थियो ।

व्यावसायीक क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत फ्रोस्ट एण्ड सुलिभानले विश्वका उत्कृष्ट कम्पनी तथा व्यावसायीक फर्मलाई यस्तो सम्मानबाट सम्मानित गर्दै आएको छ । 

सम्मान ग्रहणपछि कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष एवम संचालक ढकालले चन्द्रागिरिले  विश्वब्यापी व्यवसायका मान्यतालाई आत्मसाथ गर्दै अगाडी बढेको अवस्थामा प्राप्त भएको सम्मानले आफु र आफ्नो समूहलाई झनै प्रोत्साहन मिलेको धारणा राखे। 

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved