७५० मेगावाटको पश्चिम सेती बनाउन प्राधिकरण र चाइना थ्री गर्जेजबीच सम्झौता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 16, 2017 | 11:31:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बिद्युत प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेशनबीच संयक्त लगानी सम्झौता (जेभीए) भएको छ।पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्ने सम्बन्धि यस सम्झौतामा प्राधिकरणमा आयोजित एक समारोहका बीच प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र थ्री गर्जेजका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार ७५० मेगावाट क्षमताको यस आयोजना निर्माणका लागि चिनियाँ पक्षले कुल लगानीको ७५ प्रतितशत र प्राधिकरणले २५ प्रतिशत लगानी गर्नेछन। 

८ वर्षभन्दा बढी समय अष्ट्रेलियन कम्पनी स्मेकले होल्ड गरेको पश्चिम सेती जलविद्युत् आयोजना सन् २०१२ मा थ्री गर्जेजले हात पारेपनि खासै ठोस प्रगति हुन सकेको थिएँन। आयोजनाका बारेमा अन्यौलता रहँदै आएकोमा यस सम्झौताले मार्ग प्रशस्त गरेको प्राधिकरणले जनाएको छ।    

कुल ७५० मेगावाट क्षमताको सो आयोजना अगाडि बढाउन जेभिए गर्नुपर्ने थियो । चिनियाँ पक्षले कुल लगानीको ७५ प्रतितशत र प्राधिकरणले २५ प्रतिशत लगानी गर्ने उक्त स्म्झौतामा उल्लेख छ ।

सम्झौताका लागि चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डल बुधबार मात्रै नेपाल आएको थियो । लामो समयदेखि आयोजनाको बारेमा अन्यौलता रहँदै आएको अवस्थामा जेभिएले मार्ग प्रशस्त गरेको प्राधिकरणले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved