स्याङजा पुगेर ओलीले भने, मैले बृद्धभत्ता २ हजार बनाईदिए, अब चुनाब जितेपछि ५ हजार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 16, 2017 | 12:50:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई जनताले पत्याउने खालका आरोप लगाउन सुझाव दिएका छन। स्याङजाको पुतलीबजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसले वामपन्थीले जिते कम्युनिस्ट अधिनायकवाद ल्याउने हौवा फिँजाएको बताउदै जनताले पत्याउने आरोप लगाउन सुझाब दिएका हुन। 

'कांग्रेसले त्यो बेला पनि कम्युनिष्टले जिते बुढाबुढीलाई गोली ठोकेर मार्छ भनेकै हुन, हामीले सरकार बनाएर बृद्धभत्ता दियौं' ओलीले भने, 'मैले बृद्धभत्ता २ हजार बनाईदिए, अब चुनाब जितेपछि ५ हजार दिने हो।'  

बाम गठबन्धनका उम्मेदवारलाई भोट माग्न स्याङ्गजा पुगेका ओलीले त्यहाँ बिकासका सपना बाडेका छन। क्षेत्र नम्बर १ मा नारायण मरासिनी र २ मा पद्मा अर्यालसहित वाम गठबन्धनका उम्मेदवारलाई भोट माग्दै ओलीले आँधिखोलामा हाईड्याम बनाउने घोषणा गरेका छन्। 

त्यति मात्र नभई ओलीले भने, 'पोखरासम्म जाने सुरुङमार्ग निर्माण गर्छौं । वालिङमा प्याराग्लाइडिङ चलाउछौं । भिरकोटको पर्यटन विकास पनि हामी गर्छौं ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved