लियोनेल मेस्सीको सहयोगमा रामेछापमा प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 16, 2017 | 07:34:07 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व चर्चित अर्जेन्टिनी फुटबल स्ट्राकर लियोनेल मेस्सीले रामेछापको मन्थलीस्थित आकाशेमा प्राथमिक स्वास्थ्य केन्द्रको लागि ८ कोठे प्रिफ्याब भवन निर्माण गरिदिएका छन्। 

दुई बर्ष ३ महिना अघि गएको विनाशकारी भूकम्पले भत्काई दिएको भवन फुटबल खेलाडी मेस्सीको आर्थिक सहयोग तथा यूनिसेफको सहजीकरणमा निर्माण गरिएको हो ।     

प्राथमिक स्वास्थ्य केन्द्रको भवन एक औपचारिक कार्यक्रमको आयोजना गरि उद्घाटन पश्चात स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको छ । भवन हस्तान्तरण कार्यक्रमलाई संवोधन गर्दै यूनिसेफका नेपाल प्रतिनिधि टोमो ओजमीले आमा र बच्चाको साथै स्थानीयले राम्रो स्वास्थ्य सेवा पाउँने विश्वास ब्यक्त गरे।

स्वास्थ्य विभागका पुनःनिर्माण इकाईका कार्यक्रम प्रमुख प्रणयप्रसाद उपाध्यायले प्रिफ्याव भनि निर्माण गरिए पनि प्राथमिक स्वास्थ्य केन्द्रलाई दिने भनिएको जग्गा अझै स्वास्थ्य केन्द्रका नाममा नआइसकेकाले तत्कालै पक्की भवन निर्माण गर्न सकिने अवस्था भने नरहेको बताए। 

कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले स्वास्थ्य संस्थाको नाममा जग्गा नामसारी र ब्लड बैंक स्थापनाको लागि तत्काल पहल गर्ने बताए।

रामेछाप जिल्लामा भूकम्पले क्षति पुर्याएका स्वास्थ्य संस्थाहरु मध्ये स्पेनको वार्सिलोना क्लबबा स्ट्राइकर मेस्सीको आर्थिक सहयोगमा १३ वटा स्वास्थ्य भवन निर्माण भइरहेको छ । जसमध्य मन्थली र ओख्रेनीमा निर्माण गरिएको स्वास्थ्य भवन स्थानीयलाई हस्तान्तरण गरिएको छ । अन्य ११ वटा स्वास्थ्य भवन भने निर्माणको अन्तिम चरणमा पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved