कतारमा पहिलोपटक बिदेशी कामदारको न्युनतम तलब तोकियो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 17, 2017 | 09:28:43 AM मा प्रकाशित

laxmi  sunrise bank

कतारले पहिलोपटक बिदेशी कामदारको न्युनतम मासिक तलब तोकेको छ। कतारको श्रम मन्त्रालयले पहिलोपटक मासिक न्यूनतम तलब ७ सय ५० रियाल (झण्डै २ सय अमेरिकी डलर) तोकेको समाचार एजेन्सी एपीएफले जनाएको छ। 

आप्रवासी कामदारमाथि शोषण भएको भन्दै विभिन्न मानव अधिकारवादी संस्थाहरुले आलोचना गरिरहेका बेला कतारको यस निर्णयले विश्वभरका लाखौँ कामदारलाई राहत मिलेको छ। 

कतारको यस निर्णयबाट त्यहाँ कार्यरत लाखौँको संख्यामा रहेका नेपालीहरु समेत लाभान्वित हुनेछन। पछिल्लो निर्णय अनुसार नेपाली कामदरले अब न्युनतम मासिक तलब २० रुपैयाँ पाउनेछन। यद्दपी यो निर्णय अस्थायी भएको बताईएको छ।

यो तलबमान अस्थायी रुपमा तोकिएको भन्दै श्रममन्त्रीले स्थायी प्रकारको न्यूनतम तलव तोक्ने गृहकार्य भइरहेको बताए। पहिलोपटक तोकिएको न्यूनतम तलबको समिक्षा गरी पुनः बढाउने समेत सरकारी अधिकारीले बताएका छन् । 

कतारी श्रममन्त्री इसा अल नउमीको भनाई उदृत गर्दै एपीएफले लेखेको छ, ‘यदि कुनै पनि रोजगार सम्झौतामा विदेशी कामदारको तलव ७ सय ५० भन्दा कम छ भने हामी त्यसलाई स्वीकृत गर्दैनौं, सबै सम्झौताहरु अब मन्त्रालयले नै स्वीकृत गर्नेछ ।’श्रममन्त्री नउमीले अब विदेशी कामदारले न्यूनतम तलबसँगै निःशुल्क आवास, खाना र स्वास्थ्य सेवासम्बन्धी सुविधा पनि प्राप्त गर्ने बताएका छन। 

सन २०२२ को विश्वकप फुटबल आयोजना गर्ने जिम्मेवारी पाएलगत्तै कतारमाथि त्यहाँका बिदेशी कामदारलाई उचित पारिश्रमिक र सुविधा दिन विभिन्न मानव अधिकारवादी संस्थाहरुले दबाब दिएका थिए।  

त्यस लगत्तै कतारले श्रम मामिलामा सुधारको सुरुवात सन् २०१५ बाट थालेको हो । कामदारलाई अनिवार्यरुपमा बैंक खातामा तलब जम्मा गर्ने, आलोचित बनेको काफाला सिस्टमलाई बिस्थापित गर्दै विदेशी कामदारसँग सम्झौता गर्ने प्रणाली सुरु गर्ने काम यस अघि नै भईसकेका छन।

सन २०२२ को विश्वकप आयोजना गर्ने अवसर कुनै पनि हालतमा गुमाउन नचाहेको कतारले सन २०१५ यता बिदेशी कामदारलाई प्राथमिकतामा राख्दै उनीहरुको सेवा सुविधामा ध्यान पुर्याउन थालेको छ। त्यसमा पनि अरब राष्ट्रहरुले कतार बिरुद्द नाकाबन्दी लगाए पश्चात कतारले आफ्ना देशमा रहेका बिदेशी कामदारको व्यवस्थापनमा थप चुस्त देखिएको छ। 

यसलाई श्रममन्त्रि नउमीको भनाईले स्पष्ट पार्दछ। नउमीले भने,सुधार प्रयास यतिमै रोकिनेवाला छैन, यो हाम्रो दीर्घकालीन प्रतिवद्धता हो र आगामी दिनमा थप सुधारका कामहरु देख्नुहुनेछ ।’  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved