केवल टिभी बन्द हुँदा ५० लाख ग्राहक प्रभावित, व्यवसायीहरु असन्तुष्ट

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 17, 2017 | 09:56:58 AM मा प्रकाशित

laxmi  sunrise bank

सूचना तथा संचार मन्त्रालयले आफ्नो निर्णय कार्यन्वयन गर्न बुधबारदेखि एनालग प्रविधिमा आधारित केवल टेलिभिजन बन्द गर्ने कार्य सुरु गरेको छ। व्यवसायीहरुले अटेर गरेको भन्दै मन्त्रालयले टोलि खटाएर बुधबार देखि नै केवल टेलिभिजनको स्विच अफ गर्ने कार्य थालेको छ। 

अनुगमनमा खटिएको मन्त्रालयको टोलिले डिजिटल सिग्नलमा नगएको भन्दै सुबिसु, स्पेश टाइम, स्काई, टिभी लिंक लगायतका कयौं संस्थाबाट वितरित एनालग सिग्नल बन्द गरिदिएको छ।

कात्तिक २८ देखि एनालगमा जान जारी गरेको निर्देशन अहिले कार्यन्वयन गर्नुको बिकल्प नभएको सरकारको भनाई छ। 'मन्त्रालयले दिएको म्यादसम्म पनि डिजिटलमा सिग्नलमा नजाने केवल सेवा प्रदायक संस्थाबाट वितरित एनालग सिग्नल बन्द गरिएको हो' सूचना तथा सञ्चार मन्त्रालयकी उपसचिव विष्णुकुमारी भट्टराई भनिन, 'यो सबै अचानक भएको होइन, बैशाख १५ मा नै सूचना जारी गरि सबैलाई जानकारी गराउदै आएका थियौं, हामीसंग डिजिटल प्रविधिमा लैजानुको बिकल्प छैन।'

यता सरकारले अचानक केवल बन्द गरिदिएको भन्दै केवल व्यसायीहरुले असन्तुष्टि जनाएका छन। एनालग सिग्नल बन्द हुँदा राजधानीका तीन जिल्लामा मात्र ५० लाख भन्दा बढी ग्राहक प्रभावित भएको केवल टेलिभिजन व्यवसायी संघका अध्यक्ष सुधिर पराजुलीले बिजपाटिलाई बताए। 

'ब्यवसायीहरुसंगको सहमति बिपरित सरकारले अचानक केवल टेलिभिजन बन्द गर्दा उपत्यकामा मात्रै ५० लाख भन्दा बढी ग्राहक प्रभावित भएका छन' केवल टेलिभिजन संघका अध्यक्ष पराजुलीले भने, 'हातमा तालाचाबी छ भन्दैमा स्वीच अफ गर्ने हैन, सहमति र सम्झौताअनुसार अगाडि बढ्नुपर्छ,हामि मङ्सिर अन्तिमसम्म राजधानी भित्र डिजिटलमा जान सक्छौं भनेका छौं, राज्यले हाम्रो कुरा सुन्छ भन्नेमा छौं।' 

सरकारले एनालग टेलिभिजन वन्द गर्न सुरु गरे संगै केवल व्यवसायीहरुले विरोध गरेका छन । सरकारले छोटो समयको अवधि दिएर डिजिटलामा जान गरेका निर्देशनले अव्यवहारिक रहेको व्यवसायीहरुको भनाइ रहेको छ । 

सरकारसंग वेलावेलामा भएका सहमतिमा सरकारले चरणबद्ध रुपमा डिजिटलमा जाने सहमति गरेको भए पनि सरकारले एक्कासि एनालग टेलिभिजन वन्द गर्ने कार्य गरेर निर्वाचनको मुखमा जनतालाई सुचना पाउने अधिकारवाट वञ्चित गरेको व्यवसायीहरुको भनाइ छ ।

उपत्यकाका सम्पूर्ण ग्राहकहरुकोमा सेवा प्रदान गर्न नै तिन महिना भन्दा वढी समय लाग्ने र हाल मौजुदा रहेका डिजिटल वक्स पर्याप्त मात्रामा नभएकाले सरकारले सुरुवात गरेको एनालग टेलिभिजन वन्द गर्ने उपत्यका भित्र कम्तिमा पनि मङ्सिर अन्तिमसम्म रोक्नु पर्ने व्यवसायीको भनाइ छ ।

मन्त्रालयका अनुसार आज कात्तिक २९ गतेका दिन सुबिसु, स्पेश टाइम, स्काई, टिभी लिंक लगायत संस्थाबाट वितरित एनालग सिग्नल बन्द गरिएको छ। अन्य संस्थाबाट वितरित एनालग सिग्नल समेत बन्द गराइने मन्त्रालयले जनाएको छ। तर डिजिटल सिग्नल भने यथावत छ।

मन्त्रालयले कात्तिक २७ देखि एनालग टेलिभिजन बन्द गरिएको सूचना जारि गरेको थियो। बैशाख १५, २०७४ मा सूचना जारि गरेर नै मन्त्रालयले कात्तिक १५ देखि देशका महानगर, उपमहानगर र नगरपालिकामा एनालग पूर्ण रुपमा बन्द गरि डिजिटल प्रविधिमा जाने निर्णय भएपनि कात्तिक २८ सम्म म्याद दिएको थियो

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved