आगामी चुनावमा ३ मतपत्रको ४ ठाउँमा छाप लगाउनु पर्ने, यस्तो छ मत बदर हुन नदिने तरिका (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2017 | 02:22:10 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन हुदैछ । मुलुक संघीय प्रणालीमा गएपछि पहिलो पात्रक हुन्हु लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कसरी मत हाल्ने भन्ने अन्योल कायम नै छ । अझ निर्वाचन आयोगले ढिलो मतदाता शिक्षा कार्यक्रम संचालन गर्नु, अन्तिम समयमा सर्बोच्च अदालतको आदेश अनुसार प्रत्यक्ष तर्फको लागि छुट्टा छुट्टै मतपत्र छाप्नु, एकै दिन प्रतिनिधि र प्रदेश सभा निर्वाचन हुनुले पनि मतदातामा अन्योल छ । यस्तो अन्योल बिकट ग्रामिण क्षेत्रमा बढी देखिन्छ ।

यस पटकको निर्वाचनमा ३ मतपत्र हुनेछ भने हरेक मतदाताले जम्मा ४ छाप लगाउनु पर्ने छ । पहिलो मतपत्र हरियो हुनेछ भने त्यसमा प्रतिनिधि सभा सदस्यको प्रत्येक्ष तर्फको उम्मेदवारको लागि मतदान गर्नु पर्नेछ । त्यस्तै दोस्रो मतपत्र कालो हुनेछ र  त्यसमा प्रदेश सभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवारको लागि मतदान गर्नु पर्नेछ ।

त्यस्तै तेस्रो मतपत्र रातो हुनेछ भने त्यसको माथिल्लो भागमा प्रतिनिधि सभाको लागि समानुपातिक सदस्यको लागि मतदान गर्नु पर्नेछ  । सोहि मतपत्रको तल्लो भागमा प्रदेश सभाको लागि समानुपातिक सदस्यको लागि मतदान गर्नु पर्नेछ  । 

यस्तो छ मत बदर हुन् नदिन सहि तरिकाले मत संकेत गर्ने तरिका । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved