लचिलो बन्यो मन्त्रालय, एनालग प्रविधिको टेलिभिजन मङ्सिर मसान्तसम्म चल्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2017 | 03:18:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सूचना तथा संचार मन्त्रालयले बुधबारदेखि एनालग प्रविधिमा आधारित केवल टेलिभिजन बन्द गर्ने कार्य सुरु गरेको भएपनि तत्कालको लागि सो निर्णयबाट पछि हटेको छ । पुर्व निर्धारित कार्यतालिका भन्दै मन्त्रालयले  टोलि खटाएर बुधबार देखि नै केवल टेलिभिजनको स्विच अफ गर्ने कार्य थालेको थियो। 

तर अब मन्त्रालयले मङ्सिर मसान्तसम्मका लागि भन्दै एनालग प्रविधि मै प्रसारण गर्नको लागि ब्यबसायीहरुलाई अनुमति दिएको हो ।  शुक्रबार मन्त्रालयले आउदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गरी अधिकतम ३५ वटा च्यानललाई मङ्सिर मसान्तसम्म एनालग प्रणालीमा प्रसारण गर्न अनुमति दिने निर्णय गरेको हो । 

साथै मन्त्रालयले टीभी सेवा प्रदायक संघलाई एनालग टीभी प्रसारण प्रविधिलाई डिजिटल रुपान्तरण गर्ने कार्यतालिका  सात दिनभित्र मन्त्रालयमा पेश गर्न निर्देशन दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved