निर्वाचनको समाचार संकलनको लागि आयोगले बिशेष पासको ब्यबस्था नगर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2017 | 03:56:07 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले २०७४ मंंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान तथा मतगणनाको समाचार सङ्कलन तथा छायाङ्कनका लागि विशेष पासको व्यवस्था नगर्ने भएको छ  । 

स्थानीय तह निर्वाचनमा जस्तै मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पनि सबै समाचार माध्यमका पत्रकार÷फोटोपत्रकारहरूले सूचना विभागबाट जारी पत्रकार परिचयपत्रको आधारमा मतदान तथा मतगणनाको समाचार सङ्कलन गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको हो  ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदान तथा मतगणना हुने दिनहरुमा सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा मतदान अधिकृत र मतगणना अधिकृतको अनुमतिका आधारमा मात्र सम्बन्धित केन्द्रको समाचार सङ्कलन, छायाङ्कन र तस्बिर लिन सकिने व्यवस्थासमेत रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved