एकै पटक १४ वटा भेन्टिलेटर खरिद गर्दै स्वास्थ्य सेवा विभाग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 18, 2017 | 08:46:55 AM मा प्रकाशित

laxmi  sunrise bank

 स्वास्थ्य सेवा विभागले चिकित्सा विधाको अत्यन्त महँगो तथा संवेदनशील उपचारका लागि अतिआवश्यक भेन्टिलेटर एकै पटक १४ वटा खरिद गर्ने भएको छ । 
भेन्टिलेटर खरिद गर्न तत्कालीन स्वास्थ्यमन्त्रीद्वय खगराज अधिकारी र गगनकुमार थापाले पहल गरेका थिए  ।अर्थ अभावले खरिद प्रक्रिया रोकिएको थियो । “यस पटक आर्थिक विनियोजनसमेत भई भेन्टिलेटर खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन मैले स्वीकृति दिइसकेँ”, विभागका महानिर्देशक डा राजेन्द्र पन्तले जानकारी दिए  । 


एउटा भेन्टिलेटरको करोडौँ मूल्य पर्ने बताइन्छ । सरकारी तथा निजी अस्पतालमा हाल २०० भेन्टिलेटर पनि छैनन् । खरिद गरिने ती उपकरण विभागले सातै प्रदेशअन्तर्गतका अस्पतालमा कम्तीमा एक एक बाँकी अति आवश्यकताका आधारमा जडान गर्ने महानिर्र्देशक डा पन्तले जानकारी दिए   । भेन्टिलेटरको प्रयोग विशेष गरी नवजात शिशुको उपचारमा हुने गर्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved