FLASH NEWS: प्रचण्डपुत्र प्रकाश दाहालको निधन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 19, 2017 | 06:24:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्‍याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिए ।

प्रकाश दाहालको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको जनाइएको छ। उनको हृदयघातका कारण निधन भएको अपुष्ट खबर प्राप्त भएको छ।  पुष्पकमल दाहाल लगायत काठमाडौं आइपुगेपछि केही समयपछि घोषणा गर्ने ती चिकित्सकले बताए । 

चुनावी अभियानमा झापामा रहेका पुष्पकमल दाहाल, प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउँदै छन् । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले दुखद घटना भएको भन्दै डाक्टरको सूचना पर्खीरहेको बताइन् । अचानक हृदयघात भएपछि बिहान पाँच बजे अस्पताल पुर्याइएका दाहाललाई डाक्टरले  बचाउन नसक्ने प्रतिक्रिया दिएका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved