पुत्र वियोगमा रहेका प्रचण्डका नाममा केपी ओलीले लेखे मर्मस्पर्शी पत्र

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 20, 2017 | 09:18:40 PM मा प्रकाशित

laxmi  sunrise bank

पुर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुत्र वियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मर्मस्पर्शी शोकपत्र लेखेका छन् । 

ओलीले आफ्नो आधिकारिक हस्ताक्षरसहित पार्टीको लेटरहेडमा प्रचण्डपुत्र प्रकाश दाहालको निधनपछि सोमबार शोकपत्र लेखेका हुन्। उनले प्रकाशको निधनले आफूलाई स्तब्ध र भावविह्वल बनाएको उल्लेख गरेका छन् ।

'यो चुनौतीपूर्ण घडीमा उहाँको निधनबाट सिर्जना भएको रिक्तता र पुत्र वियोगको पिडा दुवै बिशेषगरि तपाइँले सामना गर्नुपर्ने कष्टपूर्ण कार्यको रुपमा मैले लिएको छु' ओलीद्वारा लेखिएको शोकपत्रमा उल्लेख छ।     

निर्वाचनमा वाम गठबन्धनको एक प्रमुख नेताको जिम्मेवारी र यहीबेला पुत्र वियोगमा प्रचण्डको दोहोरो पीडाको अनुभूति आफूले पनि गरिरहेको उनले लेखेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved