FLASH NEWS:सर्बोच्च अदालतको ३ ठाउँमा बम राखिएको हल्ला, अधिवक्ताहरु तितरवितर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 21, 2017 | 10:54:39 AM मा प्रकाशित

laxmi  sunrise bank

देशका विभिन्न स्थानमा बम बिस्फोट भईरहँदा सर्बोच्च अदालतमा पनि बम आतंक फैलिएको छ  । मंगलबार बिहान अचानक अदालत परिसरमा बम राखिएको हल्ला फैलिएको छ  । एक्कासी परिसरमा वम राखिएको हल्ला भएपछि इजलासहरु प्रभावित भएका छन् । त्यस्तै अधिबक्ताहरु तितरवितर भएका छन् 

सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले पनि आफ्नो मोबाइलमा बम राखिएको एसएमएस आएको बताए। उनले आफ्नो मोबाइलमा तीन ठाउँमा बम राखिएको एसएमएस आएको बताए । एसएमएस पठाइएको नम्बर प्रहरीलाई दिएर ट्र्याक गर्न लगाइएको उनले जानकारी दिए।

त्यस्तै अहिले सर्बोच्च अदालत परिसर मै रहेका बरिष्ठ अधिबक्ता स्वागत नेपालले पनि एक्कासी परिसरमा वम राखिएको हल्ला भएपछि इजलासहरु प्रभावित भएको बताएका छन्। त्यस्तै अधिबक्ताहरु तितरवितर भएको उनले बताएका छन्  । 

अधिबक्ता नेपालले सामाजिक संजालमा लेखेका छन् ' म सर्वोच्च अदालतमै छु, एक्कासी परिसरमा वम राखिएको हल्ला भएपछि इजलासहरु प्रभावित, अधिवक्ताहरु तितरवितर । '

बम राखिएको वा नराखिएको भने पुष्टि हुन् सकेको छैन । अहिले उच्च सुरक्षामा प्रहरीले स्थल घेरा हालेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved