कस्तो हुनेछ तपाइको जिल्लाको मतपत्र ? हेर्नुस ७७ वटै जिल्लाको मतपत्रको सुची

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 21, 2017 | 02:38:13 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले  प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको जिल्लागत मतपत्रको नमुना सार्बजनिक गरेको छ । सर्बोच्च अदालतको आदेशपछि आयोगले प्रत्यक्ष तर्फको निर्वाचनको लागि अलग अलग मतपत्रको ब्यबस्था गरेको छ  


आयोगले पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुको नमुना यस अघि नै सार्बजनिक गरेको थियो । दोस्रो चरणमा निर्वाचन हुने जिल्लाको मतपत्रको नमुना भने आज सार्बजनिक गरिएको हो  ।


पहिलो चरणमा अर्थात् मङ्सिर १० गते निर्वाचन हुने जिल्लाहरूमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजृुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, रुकुम (पूर्वी भाग), रोल्पा, रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी रहेका छन् । यी बाहेकका जिल्लाहरुमादोस्रो चरणमा अर्थात् मङ्सिर २१ गते निर्वाचन हुने छ । 


यस पटक आयोगले प्रत्यक्ष तर्फ उम्मेदवारहरुको अन्तिम टुंगो लागेपछि मतपत्र छापेकोले मतपत्रमा जति उम्मेदवार हुने हो त्यति नै चिन्ह छन्  । यसबाट बदर मत घट्ने आयोगको अपेक्षा छ  । यस अनुसार सबै भन्दा कम मतदाता रहेको मनाङको मतपत्र २ वटा चिन्ह मात्र छन्  । त्यहाँ प्रतिनिधि सभा तर्फ १ निर्वाचन क्षेत्र र प्रदेश सभा तर्फ २ निर्वाचन क्षेत्र छ  । ३ वटै क्षेत्रको मतपत्रमा २ वटा मात्र चिन्ह छन्  


आफ्नो जिल्लाको मतपत्र कस्तो छ ? हेर्नुस सुची ।

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको जिल्लागत मतपत्रको नमुना:

प्रदेश नं. १

प्रदेश नं. ३

प्रदेश नं. ४

प्रदेश नं. ५

प्रदेश नं. ६

प्रदेश नं. ७

 


दोश्रो चरणमा निर्वाचन हुने प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको जिल्लागत मतपत्रको नमुना:


प्रदेश नं. १

प्रदेश नं. २

प्रदेश नं. ३

प्रदेश नं. ४

प्रदेश नं. ५

प्रदेश नं. ६

प्रदेश नं. ७

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved