२४ घण्टामा उपत्यकाका तीन जिल्लाबाट ९५ जना पक्राउ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 22, 2017 | 07:32:46 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले शान्ति सुरक्षाको स्तिथि मजबुत बनाउन सक्रियता बढाएको छ। यसै क्रममा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट पछिल्लो २४ घण्टामा मात्र ९५ जनालाई नियन्त्रणमा लिएको छ। 

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका अनुसार पक्राउ पर्नेमा शंकास्पद गतिविधिमा देखिएको, मापसे गरी झै–झगडामा संलग्न भएको, फरार सूचीमा रहेका लगायत छन् । प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार काठमाडौं जिल्लाबाट ७५ पुरुष र ३ महिला गरी जम्मा ७८ जना पक्राउ परेका छन् । त्यसैगरी ललितपुरबाट ७ पुरुष र ३ महिला गरी १० जना पक्राउ परेका छन् । भक्तपुरबाट ७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved