मोहम्मद अज्मत अलि/बिजपाटी     Nov 30, 2017



ruslan ruslan

सरकारले चर्चामा रहेको नारायणगढ र मकवानपुरको राजमार्ग लगायतका महत्त्वपूर्ण बिषयमा निर्णय लिएको छ। मङ्सिर १४ गते बिहिबार बसेको मन्त्रिपरिषदले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ। 

सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले दिएको जानकारी अनुसार बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले मकवानपुरको रातोमाटो देखि पुर्व पश्चिम राजमार्ग र त्रिभुवन राजमार्गको भागलाई राजमार्गबाट हटाउने निर्णय गरेको छ।

रातोमाटोदेखि चौकिटोलसम्मको क्षेत्रलाई राजमार्गबाट हटाई रातोमाटोदेखि राप्तिपुलसम्मको ३ किलोमिटर वाईपासलाई राजमार्ग बनाउने निर्णय गरेको छ। 

त्यस्तै नारायणगढ मुग्लिन खण्ड अन्तर्गत आपटारीदेखि पुल्चोकसम्म सहरी सडक कायम गर्ने निर्णय समेत भएको छ। 

अन्य निर्णयहरु:

-नेपाल च्याम्बर अफ कमर्शको बिधान स्वीकृत गर्ने सरकारको निर्णय 

-लुम्बिनी विकास कोषको अध्यक्षमा अब्देश कुमार त्रिपातीलाई नियुक्त गर्ने 

-उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलको कार्य अवधि थप गर्ने निर्णय, यस समितिमा परराष्ट्र मन्त्रीको संयोजकत्वमा १६ सदस्य समिति छ । 

-कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई हदबन्दी भन्दा बढी जग्गा राख्न दिने निर्णय, प्रतिष्ठानलाई २०० रोपनी भन्दा बढी जग्गा चाहिने भएकाले यो निर्णय गरिएको जनाइएको छ। 

-सरकारले पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक विदा दिने भएको छ। मन्त्रिपरिषद्को बैठकले पृथ्वीनारायण शाहको जन्मदिन पुष २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो।   

Share your thoughts!









Close in 7