प्रहरीको हट लिष्टमा विप्लब, निर्वाचन बिथोल्ने ९५७ जना पक्राउ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 06, 2017 | 03:58:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका महासचिब नेत्र बिक्रम चन्द 'विप्लब' पक्राउन गर्ने हट लिष्टमा राखेको छ। निर्वाचन सुरक्षा सम्बन्धि जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा विप्लबलाई प्रहरीको खोजि सुचिमा राखिएको बताईएको हो। 

'विप्लब चुनाव बिरोधि गतिबिधिमा संलग्न भएको पाइएको छ' प्रहरीका प्रवक्ता मनोज न्योपानेले भने, 'स्वच्छ र भयरहित बनाउँदै उम्मेदवार तथा मतदाताको सुरक्षाका लागि नेपाल प्रहरी लागेको छ।'

निर्वाचन बिथोल्ने गतिबिधिमा लागेको भन्दै प्रहरीले पछिल्लो समय विप्लब नेता कार्यकर्तालाई पक्राउ कार्यलाई तिब्र बनाएको छ। प्रहरीको निगरानी बढेपछी विप्लब सार्वजनिक कार्यक्रममा भेटिएका छैनन। 

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको प्रवक्ता न्यौपानेले जानकारी दिए। निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरिएको उनले बताए। पक्राउ पर्नेमा नेकपाका ६०० र सिके राउत समूहका १३ जना तथा अन्य ३४४ जना छन् ।

'निर्वाचनका लागि हामीले बुथ सुरक्षा टोलीका अलावा पैदल टोली, मोबाइल टोली, सादा पोशाक टोलीलगायत रिजर्भ टोली खटाएका छौँ,’ उनले भने । नेपाल प्रहरीले निर्वाचनका देशभर रहेका प्रहरी जनशक्तिको ९० प्रतिशत जनशक्ति खटाइएको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved