साबधान! चुनाव बिथोल्ने 'दुषप्रयास' नगर्नुहोस, सुरक्षाकर्मीलाई छ सिधै गोलि हान्ने अधिकार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 07, 2017 | 07:39:17 AM मा प्रकाशित

laxmi  sunrise bank

४५ जिल्लामा हुन लागेको प्रतिनिधी र प्रदेश सभाको निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचन नजिकिंदै गर्दा बम बिस्फोट लगायतका घटना बढेसंगै चारवटै सुरक्षा निकायलाई 'हाई अलर्ट' मा राखिएको छ। 

सुरक्षा चुनौती बढेकाले निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई चुनाव बिरोधि गतिबिधि गर्नेलाई सिधै गोलि हान्ने अधिकार दिइएको छ। सुरक्षा संवेदनशीलताको आधारमा सेनाले हवाई र पैदल गस्ती समेत गरेको छ।  

निर्वाचनमा चार तहमा सुरक्षा व्यवस्था मिलाइएको छ। सबै भन्दा बाहिरि घेरामा नेपाली सेनालाई खटाइएको छ भने बीचको घेरामा सशस्त्र प्रहरीलाई खटाइएको छ । त्यस्तै नेपाल प्रहरीलाई भित्री घेरामा राखिएको छ भने निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीलाई राखिएको छ।    

साथै मतदान स्थल र त्यस वरपर सादा पोसाकका सुरक्षाकर्मी र तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको छ। मतदान स्थल या त्यस वरपर कुनै पनि शंकास्पद गतिबिधि हुने बित्तिकै सादा पोसाकका सुरक्षाकर्मीले सम्बन्धित निकायमा रिपोर्टिङ गर्नेछन् । 

निर्वाचन सुरक्षाका लागि ४५ जिल्लाभर करिब २ लाख सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ। निर्वाचनको समयमा कुनै घटना भइहालेमा कम्तिमा पनि ५ मिनेटदेखि बढीमा ३० मिनेटभित्रै घटनास्थलमा सुरक्षाकर्मी पुग्ने गरी प्रवन्ध मिलाइएको छ ।

सुरक्षाकर्मीबाहेक १ लाख ५५ हजार कर्मचारी खटाइएका छन् । दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा १५ हजार ३ सय ४४ मतदान केन्द्रमा कुल १ करोड २२ लाख ३५ हजार ९ सय ९० मतदाता छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved