गगन थापालाई बम हान्ने ६ जना पक्राउ, पेस्तोल र बम बरामद

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 07, 2017 | 01:06:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई लक्षित गरी बम हान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु पेस्तोलसहित पक्राउ परेका छन्। नेकपाका युवा दस्ता इन्चार्ज रवि गोलेसहित ६ जनालाई प्रहरीको बिशेष ब्युरोले बिहीबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोले सहित २४ वर्षीय सम्पूर्ण मुक्ति भनिने विचारमान तामाङ, ३० वर्षीय महेष नेपाली, ४८ वर्षीय विगेश लामा, ३२ वर्षीय राजिव तामाङ र ३० वर्षीय रोशन विष्ट छन् । 

पक्राउ पर्नेहरुको साथबाट प्रहरीले चिनियाँ पेस्तोल र चार वटा बम बरामद गरेको छ। प्रहरीले नेकपाका कार्यकर्ताहरुको तीन वटा डेरामा छापा हानी बम बनाउन प्रयोग हुने सामान र विभिन्न दस्तावेजसमेत बरामद गरेको छ। अन्य बिस्फोट र चुनाव बिरोधि गतिबिधिमा समेत गोले समुहकै मान्छेहरु परिचालित भएको खुल्न आएको छ। 

काठमाडौं क्षेत्र नम्बर ४ का उम्म्दवार थापा चुनावी अभियानमा रहेकै बेला विस्फोट भएको थियो। सो क्रममा उनीसहित ११ जना घाइते भएका थिए।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved