६७ प्रतिशत बढी मत खस्यो : आयोग

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 07, 2017 | 09:16:09 PM मा प्रकाशित

laxmi  sunrise bank

मङ्सिर १० र मङ्सिर २१ गतेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा ६७ प्रतिशत भन्दा बढी मत खसेको छ। प्रारम्भिक अनुमान अनुसार प्रतिनिधि र प्रदेशसभा अन्तर्गत दुवै चरणको निर्वाचनमा ६७ प्रतिशत बढि मत खसेको निर्वाचन आयोगले जनाएको छ। 

निर्वाचन सम्पन्न भए पश्चात निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले सबैभन्दा बढी गुल्मी जिल्लामा ७१ प्रतिशत मत खसेको जानकारी गराए।

छिटफुट घटना बाहेक समग्रमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगको विश्लेषण छ। आयोगले सरकारले दिएको जिम्मेवारी पूर्ण ढंगले पालना गरी निर्वाचन गर्न सफल भएको जनाएको छ । बिना अवरोध शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको आयोगको दाबी छ । 

दोस्रो चरणमा अर्घाखाँची जिल्लाका दुईवटा मतदानकेन्द्रको निर्वाचन स्थगित भएको छ। उक्त मतदान केन्द्रमा केहीदिनभित्रै पुन मतदान हुने व्यवस्था मिलाइने आयोगको भनाई छ । 

दोस्रो चरणमा पहाडी र मधेश तथा भित्रि मधेसका ४५ जिल्लाका प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन भएको हो । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार छन् । 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved