मनाङमा एमालेले खाता खोलेको भन्ने सामाचार गलत ! मतगणना अझै जारी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 07, 2017 | 09:50:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले प्रतिनिधि सभा उम्मेदवार सदस्यमा खाता खोलेको भन्ने समाचार गलत भएको जानकारी प्राप्त भएको छ। मतगणना अझै जारि रहेकोमा मनाङमा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी बनेर केहि अनलाइन मिडियामा आएको समाचार सत्य नभएको जनाइएको छ। 

केहि बेर अघि बाम गठबन्धनले प्रतिनिधिसभातर्फ हिमालपारीको जिल्ला मनाङबाट विजयीको खाता खोल्यो भन्दै समाचारहरु अपडेट गरिएका थिए । यस बिषयमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार पाल्देन छोपाङ गुरुङ विजयी भई नसकेको र मत गणना जारी रहेको बताइएको छ ।

पछिल्लो मत परिणाम अनुसार यहा एमालेका पोल्देनछोपाङ गुरुङले १०९६ मत पाएका छन् भने नेपाली कांग्रेसका टेकबहादुर गुरुङले ७९१ मत पाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved