स्वतन्त्र उम्मेदवार बनेका दिपक मनाङे प्रदेश सभा सांसद निर्वाचित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 08, 2017 | 12:22:44 AM मा प्रकाशित

laxmi  sunrise bank

गुण्डा नाइके भनेर चिनिएका मनाङको प्रदेशसभा ख का उम्मेदवार राजिव गुरुङ (दीपक मनाङ्गे) प्रदेश सभा सांसदमा निर्वाचित भएका भएका छन। 

राजिब गुरुङ १४ सय १० मतका साथ निर्वाचित भएका हुन। उनले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्मा गुरूङलाई पराजित गरेका हुन। कर्मा गुरुङले १०२० मत ल्याए। 

मध्यरातमा सकिएको मतगणनाअनुसार मनाङ प्रदेश सभा ख बाट स्वतन्त्र उम्मेदवार बनेका मनाङे विजयी भएका हुन्। स्वतन्त्र उम्मेद्वारी दिएका मनाङेलाई एमाले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछी जित हासिल गर्न सहज भएको हो। 

एमाले निकट रहेका मनाङेलाई एमालेले सुरुमै टिकट दिन खोजेको थियो। चौतर्फी आलोचना पश्चात एमालेले मनाङेको बिकल्पमा अरुलाई टिकेट दिएको थियो। तर एमाले उम्मेदवार पछि हटेपछि मनाङ ‘ख’को प्रदेशसभामा दीपक मनाङ्गेका रूपमा परिचित राजीव गुरुङ स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा थिए।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved