स्याङ्जामा बाम गठबन्धनको अग्रता कायमै, उपप्रधानमन्त्री श्रेष्ठ ४ हजार बढी मतले पछाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2017 | 10:12:19 AM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारले आफ्नो मतान्तर बढाउंदै लगेका छन। प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको ४ दिनपछि सुरु भएको मतगणनामा सुरुदेखि नै बाम गठबन्धनका उम्मेदवारहरु अगाडी देखिएका छन।   

बिजपाटिलाई प्राप्त ११ बजेर ३५ मिनेटको मतपरिणाम अनुसार निर्वाचन क्षेत्र-१ का प्रतिनिधिसभा तर्फका उम्मेदवारमा बाम गठबन्धनका नारायण मरासिनीले २३७४४ मत पाएका छन भने कांग्रेसका राजु थापाले १८५३३  पाएका छन। 

निर्वाचन क्षेत्र -२ का प्रतिनिधिसभा तर्फका कांग्रेसका उम्मेदवार तथा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले १७९६४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी बाम गठबन्धनका एमालेका उम्मेदवार पदमा अर्यालले २२१४० मत पाएकी छिन।    

स्याङ्जा १ ‘क’ मा वाम गठबन्धनका चर्तीमगर विजयी भईसकेका छन् ।   क्षेत्र न: १ को ख मा बामका मिन प्रसाद गुरुङले १८३८४ मत ल्याउँदा कांग्रेसका तुलसी गिरिले १३५१८  मत ल्याएका छन।   

क्षेत्र न: २ को क मा बामका मोहन रेग्मीले :१५५७६  मत पाएका छन भने कांग्रेसका बिष्णु पौडेलले १२१८१ मत ल्याएका छन। साथै २ को ख मा बामका पारस गैरेले १३८३७ र कांग्रेसका भागवत प्रकाशले १२१३६ मत ल्याएका छन। पारस गैरे जित नजिक रहेको जानकारी प्राप्त भएको छ।  

समग्रमा स्याङ्गजामा बाम गठबन्धन अगाडी देखिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved