वाम गठबन्धनले दुईतिहाई ल्याएपछि यस्तो आयो चीन र भारतको प्रतिक्रिया

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 13, 2017 | 03:46:46 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दुई तिहाई ल्याएको बाम गठबन्धनलाई दुई छिमेकी मुलुक भारत र चीनले बधाई दिएका छन्। उनीहरुले आगामी वाम सरकारसँग मजबुद सम्बन्ध कायम गर्दै उच्चतम सहकार्य गर्ने प्रस्ताव समेत गरेका छन् ।

निर्वाचनको परिणाम आए लगत्तै भारतीय राजदूत मञ्जिभसिंह पुरी, चिनियाँ राजदूत यु होङ र जर्मनका राजदूत माथियश मायरले एमाले अध्यक्ष ओलीसँग भेट गरी आफ्नो देशको तर्फबाट बधाई दिई सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् । 

यद्दपी ओलीलाई सबै भन्दा पहिला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाईसहित सहकार्यको प्रस्ताव गरेको ओलीको निजी सचिवालयले जनाएको छ । काठमाडौंमा रहेका भारतीय राजदूतमार्फत मोदीले ओलीलाई बधाई दिनुका साथै सहकार्यका साथ अघि बढ्ने सन्देश सुनाएका थिए ।

लगत्तै चिनियाँ राजदूत होङ पनि राष्ट्रपति सी जिनपिङको सन्देश लिएर ओली निवास बालकोट नै पुगेर बधाई तथा शुभकामना दिईन। उनले चीनले नेपालमा स्थिर सरकार देख्न चाँहेको र नेपाल विकासको पथमा हिड्न सकोस् भन्ने राष्ट्रपति सीको सन्देश ओलीलाई सुनाएकी थिइन् ।

यसैक्रममा जर्मनका राजदूत मागियश मायरले पनि आफ्नो देश नेपालको नयाँ सरकारसँग अझै उच्चस्तरको सम्बन्ध कायम गर्दै सहकार्य गर्न तयार रहेको भन्दै जितका लागि बधाई दिए ।

प्रचण्डलाई पनि बधाई, सहकार्यको प्रस्ताव

भारत, चीनसहित अन्य देशका राजदूतहरूले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि फोनमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अब बन्न लागेको सरकारसँग उच्चतम सहकार्य गर्ने सन्देश दिएका छन् । माओवादी अध्यक्ष दाहालले अबको सरकार ओलीकै नेतृत्वमा हुने बताएपछि भारत, चीनसहितका मित्र राष्ट्रहरूले सहकार्य गर्ने भन्दै बधाई दिएका हुन्। प्रचण्डले दुवै छिमेकी मुलुक भारत र चीनसंग मित्रवत सम्बन्ध राख्ने स्पष्ट पारेका छन। 'एक मुलुकसंग नजिकिन अर्को छिमेकीलाई चिढ्याउने काम हुनेछैन, दुवै छिमेकीसंग मित्रवत सम्बन्ध कायम हुनेछ' प्रचण्डले एक संचार माध्यममा अन्तर्वार्ताको क्रममा बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved