मार्समेलो नआउँदा दरबारमार्गको क्लव डेजाभु तोडफोड, महँगोमा टिकेट बेच्ने पक्राउ (भिडियो सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 14, 2017 | 02:25:54 PM मा प्रकाशित

laxmi  sunrise bank

अनुहार नदेखाउने अमेरिकाका चर्चित डिजे मार्समेलोका कारण नेपालको दरबारमार्गमा हङ्गामा भएको छ। मार्समेलो आउने भनिएको कार्यक्रममा सहभागी हुन महँगोमा टिकेट किनेकाहरुले डिजे नआउने खबर पाएलगत्तै दरबारमार्गमा रहेको क्लव डेजाभु तोडफोड गरेका छन। 

बिश्व चर्चित डिजे मार्समेलो ल्याएको भन्दै आयोजक टोलिका राजु महर्जन र रितेस मारवाडीले ग्राहकलाई महँगोमा टिकेको बिक्रि गरेका थिए। प्रहरीका अनुसार क्लव डेजाभु भाडामा लिएर राजु र रितेसले अमेरिकी डिजे ल्याउने भन्दै ७ हजार टिकट बिक्री गरेका थिए। 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकका अनुसार एक हजार भन्दा बढी नअट्ने क्लबमा ७ हजारभन्दा बढीलाई आयोजकले टिकेट बेचेका छन। उनीहरुले एउटा टिकटको २५ सयदेखि ५ हजारमा बेचेको भेटिएको छ। 

डिजे मार्समेलोको म्युजिकको तालमा रमाउने सपना देखेर महँगोमा टिकेट खरिद गरेका ग्राहकहरुले उनि नआउने थाहा पाएपछि आक्रोशित हुँदै तोडफोडमा उत्रिएका थिए। 

क्लब डेजाभुमा आउने भनिएका डिजे मार्समेलो काठमाडौंको होटल द्वारिकाजमा बसेका थिए। उनले आफू अस्वस्थ भएका कारण क्लबमा नआएको भन्दै ट्वीटरबाट आफ्ना फ्यानहरुसंग माफी मागेका थिए ।

त्यस्तै

ग्राहकसंग महँगोमा टिकेट असुल गर्ने आयोजक टोलिका महर्जन र मारवाडीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले क्लब डेजाभुका सञ्चालक राम गिरीको पनि खोजी गरिरहेको छ। प्रहरीका अनुसार क्लबको एक करोड रुपैयाँ बराबरको क्षति भएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved