डिजे मार्समेलो प्रकरण: क्रिकेटर पृथु बास्कोटासहित आठजना पक्राउ, ठगी मुद्दा चलाउने तयारी (भिडियो)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 14, 2017 | 07:19:26 PM मा प्रकाशित

laxmi  sunrise bank

अनुहार नदेखाउने अमेरिकाका चर्चित डिजे मार्समेलोको कन्सर्ट आयोजना गर्ने भन्दै रकम असुली गरेको आरोपमा क्रिकेटर पृथु बास्कोटासहित राजधानीको दरबारमार्गमा सञ्चालित क्लब डेजाभुका आठजना सञ्चालक पक्राउ परेका छन्।

उनिहरुलाई महानगरीय अपराध महाशाखा टेकुको टोलीले बिहीबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा संचालक समेत रहेका क्रिकेटर पृथुसहित मयंक खड्का, जयन श्रेष्ठ, विशाल डांगी, मिलन श्रेष्ठ, आकाश न्यौपाने, रीतेश माडवाडी र राजीव महर्जन छन्।

बिश्व चर्चीत डिजे मार्समेलोको नाम भजाएर कन्सर्टका नाममा मनलाग्दी रकम असुली गरेको पाइएकाले उनीहरुमाथि ठगीको आरोपमा मुद्धा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

‘कन्सर्ट वा कुनै कार्यक्रम आयोजना गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमती लिनुपर्ने हुन्छ, तर सञ्चालकहरुले अनुमती लिएको देखिएन' महानगरीय अपराध महाशाख टेकुका एसएसपी दिवेश लोहनीले भने 'उनीहरुमाथि ठगीको आरोपमा मुद्धा चलाउने तयारी भइरहेको छ।'

मार्समेलोको नाम बिकाएर १ हजार नअट्ने क्लबमा ७ हजारभन्दा बढीलाई आयोजकले टिकेट बेचेको खुल्न आएको छ। प्रति टिकेट २५ सयदेखि ५ हजारमा बेचेको भेटिएको छ।    

मार्समेलो आउने भनिएको कार्यक्रममा सहभागी हुन महँगोमा टिकेट किनेकाहरुले डिजे नआउने खबर पाएलगत्तै दरबारमार्गमा रहेको क्लव डेजाभु तोडफोड गरेका थिए। 

पृथु पक्राउ परेपश्चात अर्काे साताबाट राजधानीमा सुरु हुने एभरेष्ट प्रिमियर लिगमा उनको उपस्तिथीबारे अन्यौल बढेको छ। नेपाली यू–१९ राष्ट्रिय टोलीको कप्तान हुँदै सिनियर राष्ट्रिय टोलीबाट समेत खेलिसकेका पृथु ईपीएल क्रिकेट प्रतियोगिताको टोली चितवन टाइगर्सका कप्तान पनि हुन्।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved