अरु देशमा भएको भए रवि लामिछाने पक्राउ परिसक्थे (भिडियो)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 14, 2017 | 08:54:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सिधा कुरा जनतासंग का संचालक तथा पत्रकार रबि लामिछानेलाई अर्का पत्रकार दिल निशानी मगरले गम्भीर आरोप लगाएका छन। दिल निशानी मगरले रबि लामिछाने नेपाली नागरिक नभएको अकाट्य र ध्रुब सत्य भएको दाबि गरेका छन। 

अरुलाई कानुन सिकाउने लामिछानेले आफैले नेपालको कानुनको धज्जी उडाउदै गैरकानुनि काम गरेको दिल निशानीले आरोप लगाएका छन। लामिछाने कानुनी रुपमा नेपाली नागरिक नभएको र उनको पत्रकारिताले राष्ट्रिय संबेदनसिलता माथी प्रश्न उठाएको दिल निशानीको भनाई छ।

'ठुला ठुला कानुनको ब्याख्या गर्ने लामिछाने आफु नै कानुनविपरित नेपालमा बसेर पत्रकारिता गरेका छन' दिल निशानीले भनेका छन, 'के थाहा ! रवि लामिछाने अमेरिकाको गुप्तचर पो हुन् कि ? , अमेरिकाको पासपोर्टधारीले मिडियाको बलमा नेपालको सुचना लिन पाउने कुनै अधिकार छैन।'

'अरु देशमा भएको भए लामिछाने पक्राउ परिसक्थे.. ।' दिल निशानिले पत्रकार डि.बि. बुढाथोकीले समसामयिक बिषयमा गरेको कुराकानीमा बताएका छन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved