प्रदेश २ मा बन्नसक्छ अचम्मको समिकरण, बाम गठबन्धनकै सरकार बन्ने स्पष्ट आधार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 15, 2017 | 07:40:23 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको परिणाममा दुई तिहाई ल्याएको बाम गठबन्धनले प्रदेश २ मा पनि आफ्नै प्रदेश सरकार बनाउने सम्भावना बढेको छ। 

अन्य ६ प्रदेशमा आफ्नै प्रदेश सरकार बनाउने स्पष्ट जनादेश पाएको बाम गठबन्धनले प्रदेश २ मा संघीय समाजवादी फोरमसँगको सहकार्यमा प्रदेश सरकार गठन गर्ने सम्भावना रहेको छ। 

केन्द्रमा स्पष्ट बहुमत ल्याएको बाम गठबन्धनले ६ वटा प्रदेशमा आफ्नै सरकार बनाउने निश्चित प्राय छ। प्रदेश नम्बर २ मा मधेसबादी दल हाबी हुँदा त्यहाँ बाम गठबन्धनले अपेक्षा गरेभन्दा फरक नतिजा ल्याएको हो। यद्दपी बामपन्थी गठबन्धनले २ नम्बर प्रदेश सरकारमा आफ्नो सहभागीताको ग्यारेन्टि खोज्ने भएका छन् । 

२ नम्बर प्रदेशको प्रदेश सभामा फोरम पहिलो दल हो भने एमाले तेस्रो र माओवादी ५ औं दल हो। कुल ६४ प्रदेशसभा सिटमा फोरमले २०, राजपाले १५, एमालेले १४, कांग्रेसले ८, माओवादीले ६ र स्वतन्त्रले १ स्थानमा जीत निकालेका छन् ।समानुपातिक मतगणनाको हिसावमा पनि फोरम पहिलो, राजपा दोस्रो, कांग्रेस तेस्रो, एमाले चौथो र माओवादी ५ औं स्थानमा रहेका छन् । 

गठबन्धनले फोरमलाई मुख्यमन्त्री दिएर सरकारमा सहभागीता निश्चित गराउनुपर्ने सर्त यादवका अगाडी सार्ने तयारी गरेको छ ।  त्यो सहकार्यको ग्यारेन्टि केन्द्र सरकारमा फोरमको सहभागीतालाई निश्चित गराउने सर्त पनि हुन सक्ने विश्लेषण गरिएको छ।

निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालसँग चुनावी तालमेल गरी २ नम्बर प्रदेशमा पहिलो दल बनेको फोरमले मुख्यमन्त्री नपाए उसंगको तालमेल तोड्न सक्नेछ । मुख्यमन्त्रीमा दाबी गर्दै आएको राजपालाई फोरमले बामगठबन्धनको सहकार्यमा इन्काउन्टर गर्न सक्ने देखिएको छ।

फोरमलाई राजपा वा बाम गठबन्धनसंग मिलेर २ नम्बर प्रदेशमा आफ्नो सरकार बनाउन बहुमत हुनेछ। तर केन्द्रमा पनि आफ्नो उपस्तिथीको सुनिस्चितता भएको अवस्थामा फोरमले मुख्यमन्त्रि आफ्नो भागमा राखेर बाम गठबन्धनको नेतृत्त्वमा नै २ नम्बर प्रदेशमा आफ्नो सरकार बनाउन सक्नेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved