दलित तथा विपन्न परिवारलाई १७३ घर बनाउँदै जनता आवास

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2017 | 11:40:15 AM मा प्रकाशित

laxmi  sunrise bank

जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षमा डडेल्धुरामा १७३ घर बन्ने भएको छ ।

जिल्लाको अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिका र अजयमेरु गाउँपालिकामा अति विपन्न दलित परिवारलाई लक्षित गरी जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणको काम सुरू भइसकेकाले चालू आवमै निर्माण सम्पन्न हुने सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले जनाएको छ।

उक्त कार्यक्रमअन्तर्गत घरवासको व्यवस्था गर्न नसक्ने जिल्लाका अति विपन्न दलित परिवारका लागि घर बन्न थालेपछि झुपडीमा बस्दै आएका उनीहरू पक्की घरमा बस्न पाउने भन्दै खुशी भएका छन्।

पुर्ख्यौली घरमा चारभाइ बहिनीलाई बस्नका लागि पनि ठाउँ पुग्दैनथ्यो सरकारले नयाँ घर बनाइदिने भएपछि आफूले पनि नयाँ घरमा बस्न पाउँदा खुशी लागेको अजयमेरु गाउँपालिका–१ समैजीका धनी दमार्इंले बताए।

समूह बनाई प्रतिपरिवारलाई नेपाल सरकारले  तीन लाख ३५ हजार रुपैयाँ अनुदान पनि दिने जनाएको छ। दुईकोठे भान्सासहितको घर निर्माण गर्ने गरी काम सुरू भएको छ। यहाँका अति विपन्न दलित परिवार घर निर्माण गर्न नसक्दा एउटै घरमा दुई वा दुईभन्दा बढी परिवार बस्दै आइरहेका थिए। रासस 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved