निर्वाचनको बेला प्रयोग भएका प्रचार सामग्री हटाउन निर्वाचन आयोगको निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 31, 2017 | 10:52:52 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले २०७४ मंसिर १० र २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचनको क्रममा प्रचार प्रसारका लागि प्रयोग गरिएका निर्वाचन सामग्रीहरु तत्काल हटाउन सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्देशन दिएको छ । निर्वाचन सम्पन्न भएको लामो समय हुँदा पनि कतिपय उम्मेदवार तथा राजनीतिक दलले आफ्ना प्रचार सामग्री नहटाएको पाइएकाले आयोगले यस्तो निर्देशन दिएको हो । 

आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ र समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचनको प्रचारको क्रममा केन्द्र, प्रदेश तथा स्थानीयस्तरमा विभिन्न सडक, गल्ली तथा स्थानमा राखिएका निर्वाचन प्रचारप्रसार सम्बन्धी सबै किसिमका सामग्री हटाई ती स्थानहरूलाई पूर्ववत् अवस्थामा राख्न सम्बन्धित राजनीतिक दलहरूलाई पत्राचारसमेत गर्ने निर्णय गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved