अग्रिम कर र एनसेलको लाभांशले बैंकहरु आत्तिए, निक्षेप तान्न कुन बैंकले ब्याजदर कति पुर्याए ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 31, 2017 | 11:30:13 AM मा प्रकाशित

laxmi  sunrise bank

गत बर्ष असोजमा देखिएको तरलता संकटको झल्को दिने गरि बैंकहरुबीच ब्याजदर वृद्धि गर्ने होडबाजी सुरु भएको छ। नयाँ निक्षेप तान्न भन्दा पनि परिपक्व भएका निक्षेप बाहिरिन नदिन ब्याजदर बढाएको बैंकहरुले बताउदै आएको छन। 

बैंकहरुले ब्याजदर बढाएर १३।५० प्रतिशतसम्म पुर्याएका छन। यस्तोमा एकातर्फ ब्याजदर बढेर कहाँ पुग्ने हो भन्ने त्रास देखिएको छ भने बैंकरहरुबीच दुर दृष्टिको भिजन नभएको समेत आरोप लागेको छ। 

एका तर्फ सरकारले समयमै खर्च गर्न नसक्दा बैंकिङ प्रणालीमा तरलता अभाब देखिएको छ। अर्को तर्फ पुष मसान्तमा ब्यवसायीहरुले अग्रिम कर बापतको ४० प्रतिशत राजश्व राज्यलाई तिर्नु पर्दा बैंकहरुबाट करिब ८० अर्ब बाहिरिने अनुमान गरिएको छ भने संगसंगै एनसेलको लाभांश बापतको मोटो रकम समेत बाहिरिने अवस्थामा छ। 

बैंकिङ प्रणालीमा तरलता संकटले चौतर्फी दबाब पर्दा भविष्यमा के हुने हो भने अन्यौलले बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा देखिएको छ। समयमै यो समस्या व्यवस्थापन भएन भने बैंकहरुमा देखिएको ब्याजदर बढाउने होडबाजी बिस्तारै बिकास बैंक र फाइनान्समा समेत देखिने स्पष्ट छ। नाटकीय रुपमा ब्याजदर वृद्धि हुँदा समग्र अर्थतन्त्रमा नै यसको नकारात्मक प्रभाब पर्ने व्यवसायीहरुको भनाई छ। 

गत सातामात्रै नबिल बैंक र एनएमबि बैंकले करिब १३।०२ प्रतिशत र १३।५० प्रतिशतमा टेलिकमबाट पैसा उठाएपश्चात बैंकिङ प्रणालीनै तरंगित बनेको छ भने व्यवसायीहरु त्रसित बनेका छन। ब्याजदरले दिनानुदिन नयाँ उचाई लिंदै गर्दा यसको प्रत्यक्ष नकारात्मक असर पुंजीबजारमा समेत देखिएको छ। 

ब्याजदर बढाउने होडबाजीमा नबिल र एनएमबिबीच तिब्र प्रतिस्पर्धा चल्दा कुन बैंकको ब्याजदर कति छ ?

नबिल बैंकको पुष १३ मा प्रकाशित सुचना अनुसार मुद्दती खातामा ६ महिने अवधिका लागि १०।५० प्रतिशत र १ बर्षका लागि ११।५० प्रतिशत ब्याजदर तोकिएको छ। यसका लागि कम्तिमा पनि १० करोड निक्षेप हुनुपर्ने बैंकको सर्त छ। त्यस्तै बचत खातामा नबिलले ४।५० प्रतिशत ब्याज दिने बताएको छ। 

सिभिल बैंकले २२२ दिने मुद्दती खातामा १२.२२  प्रतिशत ब्याज दिने भएको छ। बैंकले यस अघि देखि नै शुन्य मौज्दातको नेपाली बचत खातामा सर्वाधिक ८.५० प्रतिशत वार्षिक व्याजदर प्रदान गर्दै आएको छ ।

प्रभु बैंकले १ बर्षे मुद्दती खातामा ११ प्रतिशत ब्याज दिने भएको छ। बैंकले यस अघि देखि नै प्रभु वेल्कम सेभिंगमा बार्षिक ६ प्रतिशत ब्याज दिने बताएको छ। 

एनआइसी एसियाले २ बर्षे देखि ५ बर्ष मुद्दती खातामा संस्थागत निक्षेपकर्तालाई ८ र व्यक्तिगत निक्षेपकर्तालाई ९।५० प्रतिशत ब्याज दिने भएको छ। त्यस्तै 'हाम्रो समुन्नती, राष्ट्रकै उन्नति' बचत खातामा ८ प्रतिशत ब्याज दिने बताएको छ। 

जनता बैंकले बचत खातामा दैनिक मौज्दातमा ७ प्रतिशत ब्याज दिने गरि 'जनता स्पेशल सेभिंग एकाउन्ट' ल्याएको छ। त्यस्तै “स्ट्रक्चर्ड फिक्स डिपोजिट” मा व्यक्तिगत ११।५० प्रतिशत र संस्थागत तर्फ ११।०५ बार्षिक ब्याज दिने बताएको छ। 

कुमारी बैंकले १८० दिने विशेष मुद्दतिमा १२% ब्याज दिने घोषणा गरेको छ। यस योजनामा न्यूनतम १ लाख रुपैयाँ मौज्दात हुनुपर्नेछ । ब्याज भुक्तानी भने मासिक रुपमा गरिने बैंकले जनाएको छ । यो ब्याजदर व्यक्तिगत र निजी संस्थाका निक्षेपकर्ताका लागि हो ।

ग्लोबल आइएमइ बैंकले १२.२५ प्रतिशत ब्याज मुद्दति खातामा दिने सुचना प्रकाशित गरेको छ भने स्ट्यान्डर्ड चार्टर्डले मुद्दतिमा १० प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत दिने भएको छ।

सिटिजन बैंकले नयाँ मुद्दती खाताको योजना 'स्ट्रक्चर्ड फिक्स डिपोजिट' संचालनमा ल्याएको छ। व्यक्तिगत मुद्दती खाताको लागि सञ्चालनमा ल्याएको यो योजनामा न्यूनतम मौज्दात रु १ लाख रहेको छ । ८ महिना देखि १८ महिना सम्मको समयावधि रहेको यस योजनामा ९.५ प्रतिशत बार्षिक ब्याजदर रहेको छ भने बैंकले त्रैमासिक रुपमा ब्याज उपलब्ध गराउने छ।

बैंकहरुले संस्थागत निक्षेप बढि ब्याजमा कबुल गर्न प्रकाशित ब्याजदर सीमा बढाउन थालेका छन। बैंकहरुले प्रकाशित ब्याजदर १२.२५ प्रतिशतसम्म पुर्याइसकेका छन। यो ब्याजदर अझै बढ्ने आशंका गरिएको छ। 


   


  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved