निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन नभएसम्म समानुपातिक तर्फको नतिजा सार्वजनिक नगर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 31, 2017 | 03:18:20 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दलहरुले प्रदेशसभाको समानुपातिक तर्फ पहिला बुझाएको बन्द सूचिबाट नाम तलमाथि गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्बल नेपालले आइतबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै आयुक्त यादवले नाम तलमाथि गरेको भन्ने विषयमा आयोगले छनविन भइरहेको बताए । “निर्वाचन आयोगको निर्देशिकाअनुसार पहिला बन्द सूचिमा नाम जुन बुझाइएको छ, त्यही अनुसार अहिले नाम पठाउनुपर्छ । त्यसमा क्रमसंख्या तलमाथि गर्ने अधिकार दलहरुलाई छैन । त्यो भनेको कानुन र निर्देशिका विपरित हुन्छ । त्यस विषयमा आयोगको सचिव र जिल्ला निर्वाचन अधिकृतहरुले छानबिन गरिरहनुभएको छ ।”

यादवले राष्ट्रियसभाको चुनाव नभएसम्म प्रतिनिधीभा चुनावको परिणाम सार्वजनिक गर्न नमिल्ने बताएका छन् । आयुक्त यादवले राष्ट्रियसभाको चुनावपछि आएको नतिजाका आधारमा प्रतिनिधिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक गरिने बताए ।

संविधान अनुसार संघीय संसदमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने भएकाले राष्ट्रियसभाको नतिजा पछि महिलाको सहभागिता कति थप्नुपर्ने हो त्यो प्रतिनिधीसभाको समानुपातिकबाट पूर्ति गर्नुपर्ने यादवले बताए ।

क्लबका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा सम्पन्न साक्षात्कारमा बोल्दै यादवले राष्ट्रियसभा र प्रतिनिधिसभा गरी कूल ३ सय ३४ को ३३ प्रतिशत महिला चाहिने भएकाले त्यसका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पूरा गर्नुपर्ने व्यवस्था भएको बताए ।

 

राष्ट्रियसभाको चुनावको मिति घोषणा भएको बढिमा ३० दिनभित्र सबै नतिजा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भएकाले सोही अनुसार आयोगले काम गर्ने यादवले बताए ।

यादवले राष्ट्रियसभाको चुनावका लागि प्रदेश प्रमुख पहिला तोक्नुपर्ने कानुनी व्यवस्था भएको जानकारी गराएका छन् । राष्ट्रियसभाको चुनावका मतदाता प्रदेश सासंद भएकाले उनीहरुले पहिला शपथ ग्रहण गर्नुपर्ने उनले बताए । शपथ खानका लागि प्रदेश प्रमुखको आवश्यकता रहेको यादवले बताए ।

यसैबिच यादवले प्रतिनिधीसभाको समानपातिक तर्फको नतिजा लुकाएको भन्ने एमाले नेताहरुको अरोपको खण्डन गरेका छन् । नतिजा सार्वजनिक गर्नका लागि कानुनी प्रक्रिया केके छ भनेर नजानेकाले एमालेका नेताहरुले त्यस्तो आरोप लगाएको उनको भनाई थियो ।

पत्रकारको प्रश्नको जवाफ दिदै यादवले भने, “एमालेका नेताहरुले शंका गर्ने नगर्ने कुरा उहाँहरुको धर्म हो । उहाँहरुलाई नै सोध्नुस् ।”
नेकपा एमालेका नेता सुवास नेम्वाङले निर्वाचन आयोगको नियतमाथि आशंका उब्जिएको बताएका थिए ।

नेम्वाङले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको एक महिना पुग्न लाग्दा पनि आयोगले समानुपातिकतर्फको नतिजा लुकाएर राखेको आरोप लगाएका थिए ।

यादवले भने नियम अनुसार राष्ट्रियसभाको चुनाव सकिएपछि मात्रै प्रतिनिधीसभातर्फको समानुपातिक नतिजा सार्वजनिक गर्न मिल्ने दाबी गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved